मेघौलीमा चौधरीको सफारी रिसोर्ट सुरु, भारतको ताज ग्रुपको व्यवस्थापन

२०७२ चैत २८, काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपले चितवनको मेघौलीमा अन्तरराष्ट्रिय स्तरको जंगल सफारी रिसोर्ट ‘सिजी मेघौली सराइ’ सञ्चालनमा ल्याएको छ । चौधरी ग्रुपअन्तर्गतको सिजी होटल्स एण्ड रिसोर्टको नेपालमा यो दोस्रो सफारी रिसोर्ट हो ।
रिसोर्टमा उच्चकोटीको सेवा सुनिश्चित गर्न अन्तरराष्ट्रिय ख्याति कमाएको भारतीय होटल ब्रान्ड ताज ग्रुपअन्तर्गतको ताज सफारिजलाई रिसोर्ट व्यवस्थापनको जिम्मा दिइएको चौधरी समूहका कार्यकारी निर्देशक निर्वाण चौधरीले जानकारी दिए । सिजीले रिसोर्ट ताज ग्रुपअन्तर्गतको ताज होटल्स एण्ड रिसोर्ट्ससँगको साझेदारीमा संचालनमा ल्याएको हो ।
सिजी होटल्स एण्ड रिसोर्टको साझेदार ताज होटल्स एण्ड रिसोटले भारतमा पहिलोपटक वाइल्डलाइफ सर्किटको अवधारणामा विभिन्न रिसोर्टहरु सञ्चालन गर्दै आएको छ । यी रिसोर्टहरु विश्वकै उच्चकोटीका पर्यटकहरुको रोजाइमा पर्दै आएका छन् ।
सिजी होटल्स् एण्ड रिसोर्ट्सले हाल १२ देशका ५९ स्थानमा ७९ होटल संचालन गरिरहेको छ । यी होटलहरुको क्षमता जम्मा ४ हजार ४ सय ११ कोठा रहेको छ । सिजी होटल्स्ले आफ्नै पूर्ण स्वामित्वका जिंक र फन गरी दुई ब्राण्डमा र यीबाहेक संयुक्त लगानी तथा साझेदारीका ताज, अलिला, जेटविङ्ग, फार्म लगायतका ब्राण्डमा विभिन्न मुलुकमा होटल रिसोर्टहरु संचालन गरिरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती नदी किनारमा रहेको मेघौली सराइ रिसोर्ट उच्च वर्गका ग्राहकलक्षित छ । रिसोर्टमा प्राइभेट स्वीमिङ पुलसहितका १६ भिल्ला, एक प्रेसिडेन्सियल सुइट र अन्य १३ कोठा गरी जम्मा ३० वटा कोठा छन् । सुइटका साथै रिसोर्टका सबै कोठाहरुबाट निकुञ्ज र त्यहाँका वन्यजन्तुको रमणीय दृश्यावलोकन गर्न सकिने बताइएको छ । रिसोर्टका पाहुनालाई जंगल सफारी, नौकासवारी, वन्यजन्तु अवलोकनलगायत अन्य विविध क्रियाकलापमा सहभागी हुने व्यवस्था मिलाईएको छ ।
यस रिसोर्टले नेपालमा हाइ एण्ड पर्यटकको आगमन बढाउन मद्दत पुग्ने चौधरीको विश्वास छ । पर्यटकीय होटल तथा रिसोर्ट विकास गर्न विश्वभर ख्याती कमाएको ताजले नेपाल (चितवन) मा सफारी रिसोर्ट सञ्चालनमार्फत सेवा विस्तार गर्न पाउँदा खुसी लागेको ताज होटल्स एण्ड रिसोर्ट्सका सिनियर भाइस प्रेसिडेन्ट रोहित खोसलाले विश्वमा बताए ।