चौधरी समूहद्वारा पिडितलाई थप १२९ घर हस्तान्तरण

August 7, 2015    4:01 pm   

cg

व्यवसायिक घराना चौधरी समूहले सिन्धुपाल्चोकको दोलालघाटका भूकम्प पिडित परिवारलाई एकसय २९ अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको छ । समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी र एलजी कम्पनीका एसिया प्रबन्ध निर्देशक क्रिस यीले संयुक्त रुपमा दोलालघाटमा साउन २१ गते आयोजित कार्यक्रमबीच पिडितलाई ती घरहरु हस्तान्तरण गरे ।
समूहले यसअघि भक्तपुरको चाँगुनारायणमा ६० र किर्तिपुरको मच्छेगाउँमा ७० घर भूकम्प पिडितलाई हस्तान्तरण गरेको थियो । चौधरी समूहले १० हजार घर भूकम्प पिडितका लागि निर्माण गरिदिने घोषणा गरेको थियो । जसमध्ये एक हजार आफ्नै लगानीमा र बाँकी ९ हजार घर दाताको सहयोग तथा सहकार्यमा निर्माण गर्ने बताइएको छ । त्यस्तै भूकम्पबाट भत्किएका एकसय विद्यालय पनि पुनःनिर्माण गरिदिने प्रतिवद्धता सीजीले जनाएको छ । जसमध्ये समूहले हालै (साउन १२ गते) काभ्रेमा दुई विद्यालय निर्माण गरी हस्तान्तरण गरेको छ । भूकम्प पिडितलाई घर तथा विद्यालय निर्माणका लागि समूहले सीजी फाउन्डेशनमार्फत ‘सीजी आश्रय’ र ‘सीजी शिक्षालय’ परियोजना अघि बढाएको छ ।