घरजग्गा मेला वैशाख ३ बाट
April 18, 2015 11:21 am
पाँचौं घरजग्गा मेला आगामी वैशाख ३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) को आयोजनामा हुने ‘घरजग्गा मेला २०७२’ ४ दिन (वैशाख ६ गते) सम्म चल्नेछ । मेलामा घरजग्गा, फर्निचर र फर्निसिङ, प्लम्बिङ र सेनेटरी, निर्माण सामग्री, इन्टेरियर डिजाइन, वास्तु, बैंक तथा बिमा, इलेक्ट्रोनिक्स लगायतसँग सम्बन्धित स्टलहरू रहनेछन् । अर्घाखाँची सिमेन्टको मुख्य प्रायोजन र ग्रिनहिल सिटीसँगको सहकार्यमा आयोजना हुन लागेको यसपटकको घरजग्गा मेलामा कुल १५० स्टल रहने आयोजकले जानकारी दिएको छ । मेलाको व्यवस्थापन हाउस अफ राजकर्णिकारले गर्न लागेको बताइएको छ ।





