बिल्डकन एक्स्पो
निर्माणसँग सम्बन्धित सामग्री तथा पछिल्लो प्रविधिबारे जानकारी दिने उद्देश्यले नेपाल बिल्डकन एक्स्पो आयोजना तथा सम्पन्न भएको छ । फागुन १५ देखि १७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजित अन्तर्राष्ट्रियस्तरको उक्त प्रदर्शनीमा स्वदेशका साथै निर्माण सम्बन्धित विभिन्न भारतीय कम्पनीहरूको सहभागिता थियो । कुल १०२ वटा स्टलमध्ये ९० प्रतिशत अन्तर्राष्ट्रियस्तरका रहेको आयोजकले जानकारी दिएको छ । जसमा काष्ठ सामग्री, टाइल, सेरामिक्स, सेनेटरी प्रडक्ट, प्लम्बिङ, रंग आदिका साथै इन्जिनियरिङ तथा आर्किटेक्चरसँग सम्बन्धित कम्पनीहरू रहेका थिए । अन्तर्राष्ट्रिय बजारमा अभ्यासमा आएका पछिल्ला प्रविधिहरूबारे जानकारी गराउनुका साथै भारतीय सीप तथा प्रविधिबाट नेपालले फाइदा लिन सक्ने वातावरण सिर्जना गर्नु बिल्डकन एक्स्पो आयोजनाको मुख्य उद्देश्य रहेको थियो ।






