सोनीको एक्सक्लुसिभ सोरुम सिद्धि भवनमा
April 18, 2015 1:12 am
नेपा हिमा ट्रेड लिङ्कले कान्तिपथस्थित सिद्धि भवनमा सोनी सेन्टर खोलेको छ । सोनी इलेक्ट्रोनिक्सका सबै उत्पादनहरू एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले उक्त सेन्टर विस्तार गरिएको नेपा हिमाले जनाएको छ । नेपा हिमा नेपालका लागि सोनी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता हो ।
सोनी रिजनल मार्केट डेभलपमेन्ट सेन्टर सिङ्गापुरका महाप्रबन्धक मात्सुमी मासाकीले सिद्धि भवनस्थित उक्त सेन्टरको उद्घाटन गरे । यो सोनीको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर बनाइनुका साथै अधिकतम ग्राहकमैत्री रहेको बताइएको छ । सोरुमबाट उपभोक्तालाई सोनीले दिने सम्पूर्ण सेवाहरू दिइने पनि कम्पनीले जानकारी दिएको छ ।





