बजाजको ‘नोटको बोट’
नयाँ वर्षको अवसरमा बजाजले ‘नोटको बोट’ अफर ल्याएको छ । योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्म नगर पुरस्कार जित्न सक्ने नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हुलासचन्दले जानकारी दिएको छ । यो योजना चैत ४ गतेभन्दा यता बजाजको बाइक खरिदमा लागू हुने कम्पनीले बताएको छ ।
योजना अवधिभर अधिकृत बिक्रेताबाट बजाज मोटरसाइकलको खरिदमा ग्राहकले एउटा स्क्र्याच कुपन पाउनेछन् । कुपनमा रूखको पातको आकारमा देखाएका ११ वटा स्क्र्याच गर्ने ठाउँहरू छन् । जसमा पहिलो १० पटक स्क्र्याच गरेका अङ्कहरू जोडिनेछ भने ११औं पटकको स्क्र्याचमा आएको अंकले त्यसलाई गुणन गरिनेछ । आएको गुणनफल बराबर नगद ग्राहकले जित्नेछन् । ११ पटक स्क्र्याच गर्न पाउने भएकाले यस योजनामा ग्राहकले धेरै नगद जित्न सक्ने सम्भावना छ । यसमा १ लाखसम्मको नगद पुरस्कार तत्कालै जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । योजनाका ग्राहकको मन जित्ने कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए ।





