जगदम्बा छडमा अमेरिका टुर र कार

April 18, 2015    12:49 am   

jagadambaजगदम्बा स्टिल्सले ५ सय किलोभन्दा बढी छड खरिदमा विभिन्न उपहार योजना ल्याएको छ । फागुन २४ गतेदेखि लागू यस योजनाअन्तर्गत ग्राहकले मोटरसाइकल, कारदेखि अमेरिका टुरसम्मको उपहार जित्न सक्नेछन् । योजनामा हरेक दिन एक भाग्यशाली विजेताले ‘लक्की ड्र’ मार्फत एक महिन्द्रा पेन्टेरो बाइक पाउनेछन् । योजनाको अन्त्यमा एक भाग्यशाली विजेताले ‘लक्की ड्र’ बाट बम्पर पुरस्कार स्वरूप एक जोडीका लागि अमेरिकाको डिस्निल्यान्ड टुरको अवसर पाउनेछन् । त्यस्तै, योजनाको अन्त्यमा घोषणा हुने सुपर बम्पर उपहारमा लक्की ड्र मार्फत फोर्ड फिगो कार समेत एक जनालाई दिने कम्पनीले बताएको छ ।