विश्वकर्माले जितिन् फोर्ड इकोस्पोर्ट
April 17, 2015 6:21 am
फोर्ड मोटरले दसैं–तिहारको अवसर पारेर सञ्चालन गरेको ‘फोर्ड फेन्टास्टिक अफर’ मा काठमाडौं कलंकीकी पार्वती विश्वकर्माले इको स्पोर्ट कार जितेकी छन् । गत सेप्टेम्बरदेखि नोभेम्बरसम्म फोर्डका गाडी खरिदकर्ताहरूमध्येमा गरिएको गोलाप्रथाबाट उनले सो कार जितेकी हुन् । विश्वकर्माले अफरका दौरान २४ लाख पर्ने फोर्डको फिगो टाइटेनियम कार किनेकी थिइन् । उनले जितेको फोर्ड इको स्पोर्टको मूल्य ३१ लाख ९० हजार रुपैयाँ रहेको छ । फोर्ड इको स्पोर्ट नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीमध्येको एक भएको बिक्रेता कम्पनीको दाबी छ । गोल्छा समूह फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता हो ।





