तेस्रो निर्माण सामग्री प्रदर्शनी
April 20, 2015 10:33 am
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको तेस्रो निर्माण सामग्री प्रदर्शनीमा १४ करोडको कारोबार र ३५ हजारले अवलोकन गरेका छन् । उक्त प्रदर्शनी सीई कन्स्ट्रक्सन प्रालिको प्रायोजनमा नेपाल निर्माण व्यवसायी महासंघ र नेपा एक्जिबिसन एन्ड इक्युपमेन्ट प्रालिले संयुक्त आयोजना गरेको हो । निर्माण उद्योगमा प्रयोग हुने सम्पूर्ण निर्माण सामग्री र यन्त्र उपकारणहरूबारेमा विस्तृत जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरेको आयोजकले बताएका छन् । प्रदर्शनीमा स्वदेशी सहित भारत र चीनका उद्योगहरूले पनि आफ्नो स्टल राखेका थिए । प्रदर्शनी मंसिर १९ देखि २३ सम्म ५ दिन चलेको थियो ।





