क्लिंकर उत्पादनमा सौरभ ग्रुप
April 16, 2015 3:43 pm
सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट उद्योगले क्लिंकर उत्पादन सुरु गरेको छ । नवलपरासीमा २९ बिघा जग्गामा फैलिएको उद्योगमा ६ अर्ब ५० करोड रुपैयाँ लगानी रहेको ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार, कुल लगानीमा ५५ प्रतिशत सौरभ ग्रुपको र बा“की ४५ प्रतिशत विदेशी हिस्सा रहेको छ ।
दैनिक उत्पादन १ हजार २ सय टन रहेको उद्योगबाट ६ सय जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ हजारभन्दा बढीले रोजगारी पाउने बताइएको छ । अत्याधुनिक प्लान्ट जडान गरिएको यस उद्योगले चा“डै नै सिमेन्ट उत्पादन थाल्ने जानकारी दिएको छ ।





