अर्घाखाँची सिमेन्ट बजारमा

April 16, 2015    3:34 pm   

अर्घाखाँची सिमेन्ट

अर्घाखाँची सिमेन्ट

अर्घाखाँची ब्रान्डको ओपीसी सिमेन्ट बजारमा आएको छ । नेपाल गुणस्तर चिन्ह प्राप्त यो सिमेन्ट ‘अर्घाखाँची सिमेन्ट उद्योग’ ले बजारमा ल्याएको हो । रुपन्देहीको मैनहियामा रहेको अर्घाखाँची सिमेन्टमा तीन अर्बको लगानी रहेको छ । यसमध्ये साढे ८२ प्रतिशत स्वदेशी र साढे १७ प्रतिशत विदेशी लगानी छ । नेपाली व्यावसायिक घराना मुरारका अर्गनाइजेसन (३० प्रतिशत), सिद्धार्थ ग्रुप (३५ प्रतिशत), केडिया ग्रुप (१७.५ प्रतिशत) र भारतीय कम्पनी उमा सिमेन्ट (१७.५ प्रतिशत) को यसमा संयुक्त लगानी रहेको छ ।
ठूला परियोजनालाई लक्षित गर्दै शतप्रतिशत ओपीसी सिमेन्ट बजारमा ल्याएको उद्योगले बताएको छ । सरकारी मापदण्ड अनुसार सिमेन्टको गुणस्तर ३३ एमपीए हुनुपर्नेमा अर्घाखा“ची सिमेन्टको ७२ एमपीए रहेको मुरारकाले जनाएका छन् । उद्योगको उत्पादन क्षमता दैनिक एक हजार मेट्रिक टन रहेको छ । यसबाट ५ सय जनाले प्रत्यक्ष र ६ सय जनाले अप्रत्यक्ष रोजगारी पाएको मुरारकाले बताएका छन् । यसअघि उद्योगले सिमेन्टको कच्चापदार्थ ‘क्लिङकर’ उत्पादन गर्दै आएको थियो ।