प्लास्ट एक्स्पो कात्तिक अन्तिममा

प्लाष्ट एक्सपाे
आगामी कात्तिक २८, २९ र ३० गते काठमाडौंमा प्लास्टिकका सामग्रीसम्बन्धी एक्स्पो हुने भएको छ । नेपाल प्लास्ट फाउन्डेसनको आयोजनामा भृकुटीमण्डपमा हुने एस्क्पोमा एक सयभन्दा बढी स्टल रहने फाउन्डेसनका अध्यक्ष शरदकुमार टिवेरेवालले जानकारी दिए ।
नेपालमा बनेका प्लास्टिकका सामग्रीको बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उनले बताए । गत असोजमा नेपालमा प्लास्ट फाउन्डेसनको स्थापना भएको थियो । प्लास्टिक उद्योगको पहिलो संस्थाका रूपमा स्थापित प्लास्ट फाउन्डेसनले नेपाललाई प्लास्टिकजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताएको छ ।
प्लास्टिकले मानव जनजीवनलाई सहज र सरल बनाएको बताउ“दै उद्योगीहरूले नेपाललाई प्लास्टिकजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सके ठूलो रकम विदेशिनबाट जोगिने बताएका छन ्। प्लास्ट नेपालको स्थापनाकै अवसरमा प्लास्टिकका बारेमा एक कार्यशालासमेत आयोजना गरिएको थियो । कार्यशालामा नेपालमा प्लास्टिक उद्योगको सम्भावना र चुनौतीका बारेमा छलफल गरिएको थियो ।
नेपालमा खेर गइरहेका प्लास्टिकलाई पुनः प्रयोग गर्ने विधिबारे कार्यशालामा छलफल भएको थियो । कार्यशालामा नेपाल र भारतका प्लास्टिक उद्योगीहरूको उपस्थिति रहेको थियो । प्लास्ट नेपालका अध्यक्ष शरदकुमार टिवेरेवालले नेपालमा प्लास्टिक उद्योगको राम्रो सम्भावना रहेको बताउ“दै आत्मनिर्भर बन्ने मार्गमा अघि बढ्नुपर्ने बताएका थिए ।





