ग्रिनहिलको ‘चार पर्व’ मंसिरसम्म मात्र
ग्रिनहिल सिटीले काठमाडौंको मूलपानीमा बनाइरहेको हाउजिङ परियोजनाको बुकिङ मंसिरसम्म मात्र रहने भएको छ । मंसिरपछि भने एउटा पनि युनिट बिक्री नगर्ने कम्पनीकी मार्केटिङ एक्ज्युकेटिभ सुष्मा भट्टराईले जानकारी दिइन् । ग्रिनहिलले चौथो चरणको बुकिङ दसैंको फूलपातीपछि खुला गरेको थियो । कम्पनीले चौथो चरणमा १०९ एकाइका लागि बुकिङ खुला गरेको हो । त्यसमध्ये सातवटा एकाइको बिक्री भइसकेको भट्टराईले जानकारी दिइन् ।
ग्रिनहिल सिटीमा जग्गा मात्र पनि खरिद गर्न पाइने व्यवस्था छ । जग्गाको मूल्य प्रतिआना साढे ७ लाखदेखि साढे १० लाख रुपैयाँसम्म पर्ने भट्टराइले बताइन् । घरसहित खरिद गर्दा भने ६८ लाखदेखि १ करोड ८० लाख रुपैयाँसम्म तिर्नुपर्छ ।
यस परियोजनामा स्विमिङ पुल, डिपार्टमेन्टल स्टोर, पोली क्लिनिक, हेल्थ क्लब, कफी सप, एजुकेसन एरियाका लागि पनि ८ रोपनी जग्गा छुट्याइएको छ ।





