बृहत प्रोपर्टी सोलुसन्स संचालनमा
घरजग्गा खरिद–विक्रीसम्बन्धि सम्पूर्ण सेवा दिने

बृहत प्रोपर्टी सोलुसन्स
बृहत ग्रूपले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘बृहत प्रोपर्टी सोलुसन्स प्रालि’ नामक कम्पनी संचालनमा ल्याएको छ । यस कम्पनीले सहज, सुलभ, पारदर्शी र मर्यादित ढंगमा घर–जग्गा कारोबारको मध्यस्थता गर्ने÷गराउने तथा घर–जग्गा खरिद–विक्रिसँग सम्बन्धित विभिन्न परामर्श सेवा पनि प्रदान गर्ने कम्पनीले बताएको छ ।
नेपालमा घरजग्गा खरिद विक्री तथा परामर्शसँग सम्बन्धित सेवाहरु पारदर्शी ढंगले प्रदान गर्न व्यवसायिक र विश्वसनीय संस्थाको अभाव पूरा गर्न बृहत प्रोपर्टी सोलुसन्स (बीपीएस) को स्थापना भएको बृहत गू्रपका अध्यक्ष ओम राजभण्डारीले बताए । बीपीएसले व्यवसायिक रुपमा बनाइएका अपार्टमेन्ट तथा हाउजिङ परियोजनाका एकाइका साथै व्यक्तिगत घरजग्गा खरिद विक्रीसँग सम्बन्धित सेवाहरु पनि प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । यसअन्तर्गत कानुनी र बनावटका दृष्टिले सुरक्षित प्रोपर्टीको निःशुल्क सूचीकृत गरी विभिन्न संचारमाध्यम, वेभसाइट, सामाजिक सञ्जाल, इमेल आदिका माध्यमबाट सूचना प्रकाशित गरेर विक्री गरिनेछ । सूचीकृत गर्नुपूर्व सम्बन्धित घरजग्गाको मूल्यांकन वैज्ञानिक र सर्वमान्य तरिकाबाट गरेर वास्तविक मूल्य निर्धारण हुने कम्पनीले बताएको छ ।
बृहत गू्रपअन्तर्गत हाल बृहत इन्भेस्टमेन्टस्, स्वयम्भु होटल्स एण्ड अपार्टमेन्ट्स, बृहत डेभलपर्स एण्ड विल्डर्सलगायतका कम्पनीहरु पनि संचालित छन् ।





