नाडा अटो सो–२०१४

April 14, 2015    4:43 pm   

नाडा अटो सो–२०१४

नाडा अटो सो–२०१४

काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनहरूको बिक्री तथा प्रदर्शनीको लागि आयोजित ९ औं नाडा अटो सो–२०१’ सम्पन्न भएको छ । भदौ १८ देखि २३ गतेसम्म चलेको अटो सोमा एक अर्ब पचास करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । प्रदर्शनीमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी एक हजार तीन सय ७५ सवारी बुकिङ भएको छ । ६ दिनसम्म चलेको अटो मेलामा ५५ हजार दर्शकले अवलोकन गरेका थिए । सुरुमा पा“च दिन मात्रै गर्ने भनिएको मेला अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि एक दिन लम्ब्याइएको थियो । अटो सो–२०१४ मूल आयोजक समितिका संयोजक शम्भुप्रसाद दाहालले मेलाको समापन गर्दै अटो क्षेत्रतर्फ मानिसहरूको चासो बढ्दै गएको बताए । मेलाको माध्यमबाट उपभोक्तालाई अधिकतम फाइदा पुगेको आयोजकको दाबी छ । सवारीसम्बन्धी सम्पूर्ण जानकारी गराउन नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा) ले विगत नौ वर्Èदेखि ‘नाडा अटो सो’ आयोजना गर्दै आइरहेको छ ।