फर्निचर एक्स्पो–२०१४
भदौ १० गतेबाट सुरु भएको फर्निचर एण्ड फर्निसिङ एक्स्पो (फर्नेक्स) २०१४ मा विभिन्न विधामा उत्कृष्ट भएकाहरूलाई सम्मान गरियो । मेलाको प्रथम बेस्ट स्टल अवार्ड बेस्ट इन्टेरियरले प्राप्त गरेको थियो भने द्वितीय इम्पेरियल फनिर्चर तथा तृतीय टेक्नोट्रेडले प्राप्त गरेको थियो । त्यस्तै ‘मोस्ट इनोभेटिभ नेपाली प्रडक्ट’को पुरस्कार क्राफ्ट म्यानले पाएको थियो । कार्यक्रममा फर्निचर तथा फर्निसिङ व्यवसायमा विगत ५ दशकदेखि लागेका लक्ष्मीप्रसाद श्रेष्ठ तथा श्यामसुन्दर अग्रवाललाई सम्मान गरिएको थियो । मेलामा १७ स्वदेशी कम्पनी तथा २० फर्निचर तथा फर्निसिङ सामान तथा कच्चा पदार्थ आयातकर्ताले सहभागिता जनाएका थिए । २१ साना र ४६ ठूला स्टल रहेको एक्स्पोमा करिब डेढ लाखले अवलोकन गरेको आयोजकले बताएको छ ।





