दशैं तिहारमा ‘प्रभुको बिङ्गो’ उपहार

October 1, 2015    2:51 pm   

prabhu festival offer 2072
१४ असोज, काठमाडौं । विप्रेशण सेवा प्रदायक कम्पनी प्रभु मनि ट्रान्सफरले नेपालीको मुख्य चाडपर्वको अवसरमा उपहार योजना ल्याएको छ । कम्पनीले दसैं, तिहार र छठ पर्व लक्षित गर्दै ‘प्रभुको बिंगो’ उपहार योजना ल्याएको हो । उपहार योजना असोज १४ देखि मंसिर १ गतेसम्म लागु हुनेछ ।
आफ्ना ग्राहकलाई चाडपर्वको बेलामा उत्साह थप्ने उद्देश्यले स्वदेश तथा विदेशबाट रकम पठाउँदा उपहार दिने गरी योजना लागु गरेको कम्पनीले बताएको छ ।
यसमा ग्राहकले रकम पठाउँदा गोप्य संकेत नम्बरको अन्तिम चार अंक २–०–७–२ को संयोजनबाट बनेको कुनैसुकै नंम्बर भएमा ग्राहकले नगद उपहार जित्न सक्नेछन् । ग्राहकले प्राप्त गरेको अन्तिम चार अंक क्रमशः २०७२ भएमा पाँच हजार, यिनै अंकमध्येमा सातबाट शुरु भएको चार अंक भए चार हजार, शुन्यबाट शुरु भएकोमा तीन हजार र दुईबाट शुरु भएमा दुई हजार जित्न सक्ने कम्पनीले बताएको छ । विदेशवाट नेपाल रकम पठाउँदा नेपालमा पैसा भुक्तानी लिने आफन्तले उपहार प्राप्त गर्नेछन् । स्वदेशभित्रको रेमिट्यान्समा पैसा पठाउने व्यक्तिले नै उपहार रकम पाउनेछ ।
त्यस्तै, मलेशियाबाट नेपाल रेमिट्यान्स गर्ने ६ जना भाग्यशाली ग्राहक (हरेक हप्ता एकजना)ले एयर एसियाको क्वालाम्पुर–काठमाडौं एकतर्फी हवाई टिकट पनि जित्न सक्ने कम्पनीले बताएको छ । यो उपहार योजनाबाट सातसय देखि एक हजार जना प्रत्यक्ष लाभान्वित हुने कम्पनीको अनुमान छ । यो उपहार योजनाका लागि करिब ३० लाख खर्च हुने प्रभुले जानकारी दिएको छ ।