डिस होमको दशैं–तिहार योजना, जडानमा तीन हजार छुट

September 10, 2015    3:54 pm   

Dish_home_dashain offer_property

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच टेलिभिजन च्यानल सेवा प्रदायक डिस होमले दसैँ र तिहार योजना ल्याएको छ । ‘३००० छुट यसपाली, बजाऔं ताली’ नामक यो योजना भदौ २० देखि नै देशभर लागु भएको कम्पनीले बताएको छ । योजनाअन्तर्गत डिस होमको एचडी कनेक्सनमा ग्राहकले तीन हजार रुपैयाँ छुट पाउने छन् । हाल यसको शुल्क पाँच हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
यसका साथै दुई हजार रुपैयाँभन्दा धेरैको रिचार्ज गर्ने ग्राहकले दशैं तिहार उपहारस्वरुप धेरै बोनस पाउने डिसहोमले जानकारी दिएको छ । याेजना उत्साहप्रद भएकाले ग्राहकले रूचाउने डिसहाेमकाे विश्वास छ ।
डिस होमले मुलुक भर ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।
हाल डिसहोमले १६ वटा एचडी र ९० वटा एसडी च्यानलहरु प्रसारण गर्दै आएको छ । यसको सेवा स्याटेलाइट प्रविधिअन्तर्गत भएकाले नेपालको जुनसुकै ठाउँका ग्राहकले यो उपभोग गर्न सक्नेछन् । यस प्रविधिबाट आवाज र दृश्य उच्च गुणस्तरको रहन्छ ।