१० जनाले पाए जगदम्बाकाे युवारत्न सम्मान

August 13, 2015    6:13 pm   

jagadamba-yuba ratna

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर जगदम्बा स्टिल्सले १० जनालाई ‘जगदम्बा युवारत्न’ सम्मान प्रदान गरेको छ । भूकम्पपछिको उद्दारमा खटिएर उच्च योगदान गर्ने विभिन्न पेशाका व्यक्तित्वहरुलाई जगदम्बाले सम्मान गरेको हो । सम्मानित हुनेमा लक्ष्मणबहादुर बस्नेत (निरिक्षक, सशस्त्र प्रहरी बल), प्रेम हमाल (मेजर, नेपाली सेना), डा. विशाल ढकाल, डा. स्निधा मैनाली, ब्रबिमकुमार केसी, जिग्मे शेर्पा, निर्णय क्षेत्रठ, शेरबहादुर कुँवर, निशान्त श्रेष्ठ र दिपेश खत्री रहेका छन् ।