वीर अस्पतालको नयाँ भवन निर्माणका लागि बोलपत्र स्वीकृत
January 18, 2018 1:20 pm

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालको नयाँ भवन निर्माणका लागि बोलपत्र स्वीकृत गरेको छ । माघ २ गते बसेको प्रतिष्ठानको उपकुलपतिस्तरीय बैठकले जेडआइइसी–शर्मा–रसुवा जेभीलाई वीर अस्पतालको नयाँ भवन निर्माण गर्ने ठेक्का प्रदान गरेको हो । वीर अस्पतालको नयाँ बन्ने भवन ७ सय शैय्याको हुनेछ । अस्पताल परिसरभित्र रहेको आकस्मिक कक्ष अगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर नयाँ भवन निर्माण गरिनेछ । २ अर्ब ३४ लाख रुपैयाँको लागतमा ९ तले आधुनिक अस्पताल निर्माण गरिनेछ । नयाँ बन्ने भवनमा दुई तले भूमिगत पार्किङको सुविधा रहनेछ ।





