काठमाडौंका १० वटै क्षेत्रको ताजा मत परिणाम (दिउँसो ५ः०५ को अपडेट)
काठमाडौंमा मतगणना भइरहेका १० वटै क्षेत्रहरुमध्ये नेकपा एमालेका उम्मेदवारले ६ वटा क्षेत्रमा अग्रता लिएका छन् भने ३ वटा क्षेत्रमा कांग्रेस र एउटामा माओवादी केन्द्रअघि छ ।
एमालेले अग्रता लिएका क्षेत्रहरुमा काठमाडौं २ (माधव नेपाल), ३ (कृष्ण राई) ४ (डा. राजन भट्टराई), ५ (इश्वर पोखरेल), ७ (रामवीर मानन्धर) र ९ (कृष्ण गोपाल श्रेष्ठ) रहेका छन् । काठमाडौं १ मा कांग्रेसका प्रकासमान सिंह, ८ मा नविन्द्रराज जोशी र १० मा राजन केसीले लिड गरिरहेका छन् भने क्षेत्र नं ६ मा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम यस्तो छ :
काठमाडौं १
प्रकाशमान सिंह (नेपाली कांग्रेस) ३६९० मत
रविन्द्र मिश्र (विवेकशील साझा) २९१५ मत
अनिल शर्मा (नेकपा माओवादी केन्द्र) १५३० मत
काठमाडौं २
माधव नेपाल (नेकपा एमाले) २८४० मत
दीपक कुईंकेल (नेपाली कांग्रेस) १४५४ मत
सूर्यराज आचार्य (विवेकशील साझा) १२६५ मत
काठमाडौं ३
कृष्ण राई (एमाले) १४२४
अम्बिका बस्नेत (कांग्रेस) १२७२
काठमाडौं ४
गगन थापा (कांग्रेस) ५४२२
डा. राजन भट्टराई (एमाले) ४८७८
काठमाडौं ५ (खसेको भन्दा १२ मत बढी भेटिएपछि अहिले मतगणना स्थगित छ)
इश्वर पोखरेल (एमाले) १४००
डा. प्रकासशरण महत (कांग्रेस) ६१३
काठमाडौं ६
झक्कु प्रसाद सुवेदी (माओवादी केन्द्र) १७२५
भिमसेनदास प्रधान (कांग्रेस) १४६१
काठमाडौं ७
रामवीर मानन्धर (नेकपा एमाले) २१४८
विक्रमबहादुर थापा (राप्रपा) १२८४
काठमाडौं ८
नवीन्द्रराज जोशी (कांग्रेस) २१९८
जीवनराम श्रेष्ठ (एमाले) २०२१
काठमाडौं ९
कृष्णगोपाल श्रेष्ठ (एमाले) १७६५
ध्यानगोविन्द रञ्जित (कांग्रेस) ९४७
काठमाडौं १०
राजन केसी (कांग्रेस) १४५९ मत
हितमान शाक्य (माओवादी केन्द्र) ७९३
दिउँसो ४:४४ को अपडेट





