काठमाडौंका १० क्षेत्रमध्ये ६ मा एमाले र ३ मा कांग्रेस र १ मा माओवादी केन्द्रको अग्रता (१० वटै क्षेत्रको ताजा मतपरिणाम सहित)
काठमाडौंमा मतगणना भइरहेका १० वटै क्षेत्रहरुमध्ये नेकपा एमालेका उम्मेदवारले ६ वटा क्षेत्रमा अग्रता लिएका छन् भने ३ वटा क्षेत्रमा कांग्रेस र एउटामा माओवादी केन्द्रअघि छ ।
एमालेले अग्रता लिएका क्षेत्रहरुमा काठमाडौं २ (माधव नेपाल), ३ (कृष्ण राई) ४ (डा. राजन भट्टराई), ५ (इश्वर पोखरेल), ७ (रामवीर मानन्धर) र ९ (कृष्ण गोपाल श्रेष्ठ) रहेका छन् । काठमाडौं १ मा कांग्रेसका प्रकासमान सिंह, ८ मा नविन्द्रराज जोशी र १० मा राजन केसीले लिड गरिरहेका छन् भने क्षेत्र नं ६ मा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले प्रारम्भिक अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम यस्तो छ :
काठमाडौं १
प्रकाशमान सिंह (नेपाली कांग्रेस) ३५९० मत
रविन्द्र मिश्र (विवेकशील साझा) २९०२ मत
अनिल शर्मा (नेकपा माओवादी केन्द्र) ६५७ मत
काठमाडौं २
माधव नेपाल (नेकपा एमाले) १६८४ मत
दीपक कुईंकेल (नेपाली कांग्रेस) ८३३ मत
सूर्यराज आचार्य (विवेकशील साझा) ७४५ मत
काठमाडौं ३
कृष्ण राई (एमाले) १४२४
अम्बिका बस्नेत (कांग्रेस) १२७२
डा. सुमित्रासिंह लामा (विवेकशील साझा) ….
काठमाडौं ४
डा. राजन भट्टराई (एमाले) १२३९
गगन थापा (कांग्रेस) १०६८
सुबुना बस्नेत (विवेकशील साझा) ….
काठमाडौं ५ (खसेको भन्दा १२ मत बढी भेटिएपछि अहिले मतगणना स्थगित छ)
इश्वर पोखरेल (एमाले) १४००
डा. प्रकासशरण महत (कांग्रेस) ६१३
उज्ज्वल भट्टराई (विवेकशील साझा) ….
काठमाडौं ६
झक्कु प्रसाद सुवेदी (माओवादी केन्द्र) ९७०
भिमसेनदास प्रधान (कांग्रेस) ८८१
काठमाडौं ७
रामवीर मानन्धर (नेकपा एमाले) १०५३
विक्रमबहादुर थापा (राप्रपा) ६७१
विवेकशील साझा पार्टी ३३३
काठमाडौं ८
नवीन्द्रराज जोशी (कांग्रेस) २१९८
जीवनराम श्रेष्ठ (एमाले) २०२१
काठमाडौं ९
कृष्णगोपाल श्रेष्ठ (एमाले) १७६५
ध्यानगोविन्द रञ्जित (कांग्रेस) ९४७
काठमाडौं १०
राजन केसी (कांग्रेस) १४५९ मत
हितमान शाक्य (माओवादी केन्द्र) ७९३
प्रदीप ढकाल (विवेकशील साझा) ६३





