काठमाडौंका मतगणना जारी ९ क्षेत्रमध्ये ६ मा एमाले र ३ मा कांग्रेसको अग्रता

December 8, 2017    2:27 pm   

काठमाडौंका हाल मतगणना भइरहेका क्षेत्र नं १, २, ३, ४, ५, ७, ८, ९ र १० गरी ९ क्षेत्रहरुमध्ये नेकपा एमालेका उम्मेदवारले ६ क्षेत्रमा प्रारम्भिक अग्रता लिएका छन् भने ३ वटा क्षेत्रमा कांग्रेस अघि छ ।
एमालेले अग्रता लिएका क्षेत्रहरुमा काठमाडौं २ (माधव नेपाल), ३ (कृष्ण राई) ४ (डा. राजन भट्टराई), ५ (इश्वर पोखरेल), ७ (रामवीर मानन्धर) र ९ (कृष्ण गोपाल श्रेष्ठ) रहेका छन् । काठमाडौं १ मा कांग्रेसका प्रकासमान सिंह, ८ मा नविन्द्रराज जोशी र १० मा राजन केसीले लिड गरिरहेका छन् ।